
प्रदिप पौडेल ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष भएको उहाँले बताउनुभयो । संक्रमित पुरुष डायबेटिजका बिरामी थिए ।
उनको साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्