१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाभित्रका तीनवटै जिल्लामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द, सवारी पासमा कडाइ


0
Shares

काठमाडौं । आज(आइतबार)देखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द छन् ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो ।

गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो ।

पछिल्लो समय काठमाण्डौं उपत्यकाभित्र कोराना संक्रमितको संख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी गराउनुभएको छ ।

यता, उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ ।

उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौंले थप कडाइ गरेको हो ।

अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ ।