१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोंगबुमा टुक्राटुक्रा अवस्थामा शव: टाउको सुटकेस भित्र भेटियो, सनाखत गर्न समस्या


0
Shares

काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत गर्न समस्या परेको छ ।

गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको हो । टाउको भने सुटकेस भेटिएको स्थानभन्दा तीन सय मिटर टाढा फेला परेको छ ।

सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेर घटनाको अध्ययन गरी छानविनको प्रक्रिया अघि बढाएको छ । यो समाचार तयार पार्दासम्म शवको सनाखत हुन सकेको छैन ।