२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण आजबाट, भदौं १ देखि प्रशिक्षणको तयारी


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको आजबाट कोरोना परीक्षण गरिंदैछ ।

फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र खेलाडीहरुको कोरोना परिक्षण गर्न लागेको हो ।

एन्फाले काठमाडौ‌ बाहिरबाट आएर होटेलमा क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुको परीक्षण गर्ने भएको हो । पाटन अस्पतालमा उनीहरुको कोरोना परिक्षण हुने बताइएको छ ।

काठमाडौं बाहिरबाट आएका खेलाडीहरु अहिले होटेलमा क्वारेन्टिनमा बसिरहेका छन् भने उपत्यकाका खेलाडीहरु आफ्नै घरमा बसिरहेका छन् ।

कोरोना परिक्षणपछि सबैलाई एन्फाले आफ्नै होस्टेलमा राख्ने तयारी गरिरहेको छ । विश्वकपका छनौट खेलहरुका लागि भदौ १ गतेबाट प्रशिक्षण सुरु हुँदैछ ।

छनोटको तयारीका लागि अहिले ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्न बाँकी छ ।

नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग तथा त्यसको ५ दिनपछि अष्ट्रेलियासँग खेल्ने तालिका छ ।

आफ्नो अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँगको खेल्नेछ । यसअघिका ५ खेलमा नेपालले एक जित र चार हार व्यहोरेको छ ।