१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोंगबुमा टुक्राटुक्रा भएको शव: पहिचान गर्न समस्या, के भन्छन् प्रहरी र स्थानीय ? (भिडियो)


0
Shares

काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर टुक्राटुक्रा गरी फालिएको अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन ।

गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव सुटकेशमा फालिएको अवस्थामा फेला परेको थियो ।

हत्या गरिएका ब्यक्तिको अनुहार प्रष्टै भएतापनि सनाखत भएको छैन । टाउको र खुट्टा बिनाको शव सुटकेसमा फेला परेपछि कुकुरको सहायतामा बाँकी अंग झण्डै सय मिटर अगाडी फेला परेको हो ।

आइतबार बिहान करिब ३ बजेतिर दुई अज्ञात व्यक्ति सोही स्थानमा देखा परेको यद्यपी, शव फालिएको भनेपछि मात्रै थाहा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयका अनुसार पार्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा रातो प्लाष्टिकले बेरेर सुटकेस राखिएको थियो ।

पछि सुटेकेसभित्र घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र फेला परेको थियो । खुट्टा र टाउको खोज्न प्रहरीले कुकुर पनि परिचालन गरेको थियो ।

टाउको र खुट्टा अलग भएपनि शवको अनुहार भने प्रष्ट देखिन्छ । ती ब्यक्तिलाई अन्त कतै हत्या गरेर फालेको हुनसक्ने अनुमान गरिएको छ ।

महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

फेला परेको शव अन्दाजी ४५ वर्षीय व्यक्तिको भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे छानविन गरिरहेको छ ।

भिडियो