
वीरगन्ज । नेपालका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
पर्साको बीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यपछि गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृत्यु हुनेको संख्या ७६ पुगेको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले उन्को उपचारको क्रममा हिजो मृत्यु भएको जानकारी दिनुभयो ।
उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत बिरामी रहेकी ती महिलाको अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
बीरगञ्जमा मात्रै कोरोना संक्रमितमध्ये साउन महिनामा १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्