
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाका विभिन्न वडामा सलहले कोदो र तरकारी लगायतका बालीमा ठूलो क्षति पुर्याएको छ ।
सलहले बाली नालीमा नोक्सान पुर्याएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिन’भयो ।
कोदो र अन्नबाली सखाप पारेपछि कृषकहरुले सलह नियन्त्रणका लागि गाउँपालिकालाई आग्रह गरेका छन् ।
यता दिनभरी सलह मार्ने काममा लागेका कृषकले नगद आम्दानी गर्न थालेका छन् । आँधीखोला गाउँपालिकामा सलह छोप्ने ३० जनालाई पुरस्कृत गरिएको हो ।
सलह नियन्त्रणका लागी गाउँपालिकाले प्रोत्साहन स्वरुप प्रति केजी तीन सय रुपैंयाँ दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ३० जनाले करिब ५५ किलो सलह छोपेर गाउँपालिकाबाट नगद आम्दानी गरेका हुन ।
आँधीखोला गाउँपालिका वडा नम्बर २, ५ र ६ का ३० जनाले ५५ किलो सलह छोपेर कृषि शाखामा बुझाएपछि गाउँपालिकाले उनीहरुलाई २१ हजार रुपैयाँ प्रदान गरेको गाउँपालिका सूचना अधिकृत रोशन लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्