१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकाका सबै नाकामा ‘सिल’ गरौं : मेयर शाक्य


0
Shares

काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ ।

उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शक्यले बताउनुभएको हो ।

शाक्यले उपत्यकामा समुदायमाभन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जानसक्ने बताउनुभयो ।

उहाँले सरकाले ‘लकडाउन’ खोलेपनि लामो दूरीका सवारी–साधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बतनाउनुभएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

उपत्यकामा अहिलेपनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिनुभयो ।