
काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गरिएको छ ।
कोरोना जोखिमका कारण १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका सम्पूर्ण क्षेत्रमा बन्द गरिएको हो ।
सोमबार वडा समिति, स्थानीय बासिन्दा तथा सरोकारवालाहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
खाद्यान्न पसलहरु पनि बिहान १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म खोल्न अनुमति दिइएको छ ।
काठमाडौं–२१ का वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले वडामा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको ‘पीसीआर’ परीक्षण भइरहेको बताउनुभयो ।
इनाखा टोलस्थित तयारी पोसाक उद्योग व्यापार संघका अध्यक्षमा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्