१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश, इन्टर मिलान पनि अन्तिम चारमा


0
Shares

काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो ।

म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा फर्नान्डेजले पेनाल्टीमार्फत उक्त गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान पनि अन्तिम चारमा प्रवेश गर्‍यो ।

खेलमा इन्टरलाई विजयी गराउन रोमेलु लुकाकु र निकोलो बारेलाले एक एक गोल गरे । लिभरकुजेनका काई हाभर्ट्जले एक गोल फर्काए ।

यो खेलमा गोल गरेका बेल्जीयन खेलाडी लुकाकुले युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । एजेन्सी