१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि धौलागिरि अस्पताल बन्द


0
Shares

बागलुङ । धौलागिरि अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरीएको छ ।

अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले अर्को सूचना जारी नगरेसम्म अस्पतालका इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको हो ।

अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको समेत स्वाब परीक्षण गरिने निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

यस अगाडी जिल्लाको जैमिनी नगरपालिकाका एक जना र धौलागिरिी अस्पतालका एक जना गरी दुई जना संक्रमित भएका थिए ।

हिजो साँझ थपिएकासँगै जिल्लामा संक्रमित स्वास्थयकर्मीको संख्या ४ पुगेको छ ।