१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । सुनको मूल्यमा हिजो भन्दा आज ८ सय रुपैयाँले सस्तो भएको हो ।

आज प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै छापावाल सुन एक लाख एक हजार ६ सयमा किनबेच भइरहेको छ । छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँ कायम भएको छ ।

निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ । आइतबार तोलाको ९ सयले घटेको सुनको मूल्य हिजो दुई सय रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्यले भने आज पुनः कीर्तिमान कायम गरेको छ । चाँदी आज प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।