
हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।
समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो ।
गत शनिबार हेटौंडामा मात्र १५ सहित जिल्लाभर २३ जना कोरोना संक्रमित थपिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले निषेधाज्ञा जारी गर्न सुरक्षा समितिलाई सिफारिस गरेको थियो ।
सुरक्षा समितिको बैठकले हेटौंडा उपमहानगरपालिकाको पूरै क्षेत्र र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकाको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्