
काठमाडौं, साउन २७ । नेपाल बक्सिङ संघ नीतिअनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ ।
आर्थिक अनियमितता, एकलौटीरुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ ।
अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन् ।
अध्यक्षले एकलौटीरुपमा संघ सञ्चालन गरेको, आर्थिक पारदर्शीता नभएकोजस्ता आरोप भट्टाचार्य समूहले लगाएको छ ।
विवाद समाधानका लागि अध्यक्ष र कार्यसमितका पदाधिकारीहरु बसेर छलफल गर्नुपर्ने महासचिव भट्टचार्यको सुझाव छ ।
संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानबिन गर्न मागसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी दिएका थिए ।
सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेस गर्न एक साताको समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्