
चितवन । भरतपुरमा रहेका विभिन्न अस्पतालमा उपचाररत र क्वारेन्टिनमा रहेका सहित २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरीएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टी भएको हो ।
भरतपुर अस्पताल, विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेसनल सिटी अस्पताल र मौलाकालिका अस्पतालमा उपचाररत सहित चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका १ गरी २१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्