२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु


0
Shares

काठमाडौं । भारतको बैंगलोरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी दई जनाको मृत्यु भएको छ ।

बैगलोरको पुलिकेशिनगरका काँग्रेस सांसद अखंड श्रीनिबास मूर्तिका नातेदारले धार्मिक आस्थामा ठेस पुग्ने गरी सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरे पछि प्रदर्शन चर्केको हो ।

सयौंको संख्यामा प्रदर्शकारीहरुले श्रीनिबास मूर्तीको घर र स्थानीय प्रहरी चौकी घेराउ गरी तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।

प्रदर्शकाराीहरुले पुलिकेशिनगरको सडकमा रहेका दर्जनौ गाडीमा आगजनी गर्नुका साथै केही घरहरुमा ढुंगामुढा समेत गरेका थिए ।

प्रहरीले शुरुमा अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी चार्ज गर्दा पनि स्थिती नियन्त्रणमा नआएपछि गोली प्रहार गरेको हो । सोही क्रममा केही सुरक्षाकर्मी र दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् ।

स्टाटस पोष्ट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ । एजेन्सी