१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएन, स्वाब नै हराएको आशंका


0
Shares

बैतडी । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् ।

भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको हो ।

करीब डेढ महिना अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये १ सय ४४ जनाको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

रिपोर्ट नआएका स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुन सक्ने आशंका गरिएको छ ।

समयमा रिपोर्ट नआएपछि क्वारेन्टिनमा बसेका ती नागरिक १४ दिन क्वारेन्टिन बसेर घर फर्किसकेका छन् ।

जिल्लामा अहिलेसम्म २ हजार २ सय ८१ जनाको स्वाब संकलन गरिएकोमा ३ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ ।

कोरोना पुष्टि भएका १५ जना बाहेक सबै डिस्चार्ज भईसकेका छन् ।