
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
उनीहरुमा हिजो आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज) नमुना संकलन गरिनेछ ।
उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्