
काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ ।
बुधबार दिउँसोसम्म नियमित इजलास हेर्नुभएका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बस्नुभएको हो ।
गत साउन २२ गतेसम्म आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको २६ गते लिइएको स्वाबबाट हिजो कोरोना पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा बसेको न्यायाधीश खतिवडाले जानकारी दिनुभयो ।
यसअघि, सर्वोच्चमा पुल दरबन्दीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि अन्य सुरक्षाकर्मीमा गरिएको परीक्षणबाट कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरु आइसोलेसनमा बस्नुभएको हो ।
दुवै जना न्यायाधीशले हिजो संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्