१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार करोड १३ लाख रुपयैंयाँमा नौं बर्षअघि निर्माण थालिएको शीत भण्डार अलपत्र


0
Shares

झापा । नौ वर्ष अघि भद्रपुर नगरपालिकामा निर्माण थालिएको शीत भण्डार निर्माण व्यवसायीको लापरवाही र नियमनकारी निकायको समेत समन्वयको अभावका कारण अलपत्र परेको छ ।

चार करोड १३ लाख ३७ हजार रुपैयाँको लागतमा निर्माण थालिएको शीत भण्डार अहिलेसम्म निर्माण सम्पन्न नहुँदा कसैले चासो राखेका छैनन् ।

कृषकहरुकालागि भनेर निर्माण थालिएको भए पनि कृषक आफै लागानी डुवेको भन्दै चिन्तित बनेका छन् ।

आफ्नै ठाउँमा शीत भण्डार निर्माण हुने भएपछि ५३ जना कृषकले जनही ५० हजार रुपैयाँका दरले लगानी समेत गरेका थिए ।

चाडै शित भण्डार बन्छ भनेर हौसीएका यहाँक कृषक यतिका बर्षसम्म भवन नबन्दा उल्टै डुबेका छन् ।

शीत भण्डार निर्माणको काम काठमाडौँस्थित सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

कम्पनीले हालसम्म ३ करोड ७९ लाख ७८ हजार रुपैयाँ झ्वाम पारी सकेको छ भने शितभण्डारको हालतभने उस्तै छ ।

भद्रपुर कृषक समूहले शीतभण्डार निर्माणका लागि १४ कठ्ठा ११ धुर जमिन खरिद गरेको र सोही जमिनमा शीत भण्डार निर्माण थालिएको थियो ।

तर, यतिका समय बितिसक्दा समेत शीतभण्डार निर्माण हुन नसकेर हरिबिजोग भएको छ ।

आठ वर्ष अघि शीत भण्डारमा प्रयोग गरिएका पाइपहरु समेत खियालागेर काम नलाग्ने अवस्थामा पुगि सकेका छन् ।

शीतभण्डारका लागि आवश्यक पर्ने थर्मोकुलर, ट्रान्सर्फमर, जेनेरेटर लगायतका उपकरण जडान गरिएको छ ।

तर, समयमा शीतभण्डारका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य सम्पन्न नहुँदा निर्माण गरिएका अन्य भौतिक संरचनाको चरम दुरुपयोग भएको देखिन्छ ।