
-भरत शर्मा/ईमेज
पाल्पा । युवाहरुमा अनेक प्रतिभा र क्षमता भएको हुन्छ तर क्षमता र प्रतिभा उपयोग गर्ने उचित वातावरण नहुँदा उनीहरुको प्रतिभा र क्षमता खुम्चिएको हुन्छ ।
युवाहरुले अवसर पाए समाज र देशको समुन्नत विकासमा महत्पूर्ण योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण पाल्पाका केही युवाहरुले दिएका छन् ।
रम्भा गाउँपालिकाका दाजुभाई आशिष र विवेक न्यौपानेले गाउँमै हेलिकोप्टर र जिप निर्माण गर्ने गरी तयारी अगाडि बढाएका छन् ।
उनीहरुले गाउँमै बनाएको जिप तीन महिना अघिदेखी संचालनमा आएको छ भने हेलिकोप्टर उडाउने तयारीमा रहेका छन् ।
भाई आशिषलाई दाई विवेक न्यौपानले सहयोग गर्दै आएका छन् । विस २०७४ सालदेखि स्केज बनाउँदै दुई दाजुभाई हेलिकोप्टर निर्माणमा जुटेका हुन ।
उडाउने तयारीमा रहेको हेलिकप्टरको चेसिस वोडी न्यौपाने दाजुभाई आफैंले बनाएका हुन् भने ईन्जिन तथा पाटपुर्जाहरु विभिन्न सवारी साधनबाट निकाली प्रयोगमा ल्याएका छन् ।
आशिष सानै उमेरदेखी हेलिकोप्टर बनाउनेमा रुची रहेको बताउँछन् ।
हेलिकोप्टरमा राखिएको इञ्जिन सवारी साधनबाट मोडिफाई गरेका छन् भने अन्य सरसमान आफनै वर्कशपबाट तयार गरी हेलिकोप्टर तयार गरेको आशिषले बताए ।
हेलिकोप्टरको पुच्छरमा साढे १७ सय आरपिएमको स्पिडमा पंखा घुम्ने, माथिको पंखा तीन सय बाट शुरु भएर ७ सय ५० आरपिएमको स्पिडमा घुम्ने गरेको हेलिकोप्टर निर्माता आशिषले बताए ।
हेलिकप्टर निर्माणको प्रारिम्भक चरणमा हेलिकोप्टर उडाउने व्लेड बीस/बीस केजीको प्रयोग गरिएको छ भने दोस्रो चरणमा पन्ध्र/पन्ध्र केजीको काठको व्लेड प्रयोग भएको छ ।

तेस्रो चरणमा सात/सात केजीको व्लेड निर्माणको चरणमा रहेको र त्यस पश्चात हेलिकोप्टर उडाउने तयारीमा रहेको उनीहरुले बताएका छन् ।
न्यौपाने दाजु भाईले ४ सिटको हेलिकप्टर बनाउने छन् । गाउँमै युवाहरुले थालेको अभियानको गाउँपालिकाले नजिकबाट नियाल्दै आएको छ ।
यस चालु आर्थिक बर्षमा उनीहरुको हौसला बढाउन पालिकाबाट सहयोग गर्ने नीति लिएको रम्भा गाउँपालिकाले जनाएको छ ।
गाउँका युवाहरुको यस्तो प्रतिभाको कदर गर्दै प्रोत्साहन मात्र दिनसके पनि नेपाल पनि बिज्ञान र प्रविधिको क्षेत्रमा अगाडि बढ्न सक्ने थियो ।
भिडियो
प्रतिक्रिया दिनुहोस्