
डडेल्धुरा, साउन २९ । डडेल्धुराको अमरगढी नगरपालिकाको नवनिर्मित भवन हस्तान्तरण हुन नपाउँदै भत्किन सुरु भएको छ ।
नयाँ भवनका लागि उपयुक्त र पर्याप्त जमिन नहुँदापनि आठ करोड रुपैयाँको लागतमा निर्मित भवनको अगाडिको पिलरसँगै आँगन चर्केपछि कर्मचारीहरु त्रसित भएका छन् ।
नगरपालिकामा जनप्रतिनिधि आउने बेलामा झन्डै सात करोड रुपैयाँ लागतको नयाँ भवनको टेन्डर भएपछि कार्यपालिकाले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै सर्वत्र विरोध भएपनि सम्झौता पुनरावलोकन गरेर आठ करोडमा निर्माण सम्पन्न भएपनि भवन जोखिममा परेको हो ।
०.५ प्रतिशत घटाघटीमा ठेक्का सदर भइ काम सुरु भएको अमरगढी नगरपालिकाको अत्याधुनिक सेवा–सुविधासहितको भनिएको नयाँ भवन निर्माणपछि आधार जमिन चर्केपनि भवनमा असर नपर्ने नगरपालिकाका इन्जिनियर कविन्द्रराज भट्टको भनाइ छ ।
उता, नगरपालिकाको भवनको विषयमा विरोध गर्दै आउनुभएका वडा नम्बर–३ का अध्यक्ष गोविन्द बोहराले पनि आफूहरुको आवाज नेतृत्वले नसुनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्