
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २९ । कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ ।
बिहीबार लम्कीचुहा नगरपालिका–१, लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो ।
चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छन् । उनको अहिले लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक अन्जुको शव ‘पोस्टमार्टम’का लागि टीकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्