८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने


0
Shares

COVID-19 vaccine

मनिला, साउन २९ । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिनुभयो ।

परीक्षणका लागि रुसले सहयोग गर्नेपनि उहाँले बताउनुभयो ।

फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराउनुभएको थियो ।

रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरि नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्रसमेत पेस गरिसकेको जनाइएको छ । रासस/एएनआई