८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पार्टी विवाद मिलाउन नेकपा अध्यक्षद्वयको छलफल आजपनि


0
Shares

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ ।

यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने बताइएको छ ।

हिजोको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गत बुधवार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दावी गर्नुभएको थियो ।

ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।

स्थायी कमिटी बैठकमा प्रचण्डसहितनका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । ओली राजीनामा नदिने अडानमा हुनुहन्छ ।

पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन् ।