
बर्दिया, साउन ३० । बर्दियामा कर्णाली नदीको तटबन्ध भत्किएको छ ।
बाँध भत्किएपनि नदीको सतहभन्दा जमिन माथि भएकाले पानी भने बस्तीमा पसेको छैन ।
जलसतह बढेमा बस्तीमा पानी पस्नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको र स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको जाकारी दिनुभयो ।
पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नम्बर–३, ४, र ७ का तीन हजार परिवारलाई उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्