१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय नाघ्यो, स्थिति भयावह हुनसक्ने


0
Shares

प्रज्ञा तिमल्सिना र भरत केसी(ईमेज)

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको दुई महिनापछि संक्रमणले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भयो ।

नौं दिने सुत्केरी उनको जेठ ३ गते मृत्यु भएको थियो । त्यसयता नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या लगातार बढ्दै जान थाल्यो ।

जेठ महिनामा कोरोनाले १९ जनाको मृत्यु भयो । असारदेखि साउन २ सम्म भने २१ जनाले ज्यान गुमाए ।

तर लकडाउन खुलेयता कोरोना संक्रमणबाट ६० भन्दा धेरैको मृत्यु भएको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो ।

साउन २८ गते कोरोना संक्रमणबाट एकै दिन ८ जनाले ज्यान गुमाए । जसमा ३२ देखि ७५ बर्ष उमेर समुहका व्यक्ति थिए ।

तिमध्ये केही दीर्घ रोगी पनि थिए । साउन २२,२३ र २९ गते पनि एकै दिन ५/५ जनाको मृत्यु भयो ।

नेपालमा पछिल्लो समय कोराना संक्रमणबाट मृत्यु हुने मध्ये केहीमा कुनै दीर्घरोगको समस्या नरहेका व्यक्ति समेत छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डे कोरोना श्वास–प्रश्वासबाट सर्ने रोग भएकाले यसले मानिसको फोक्सोमा बढी असर पुर्‍याउँछ ।

जसले फोक्सोमा अक्सिजनको मात्रा कम गराइ विभिन्न खालका समस्या देखा पर्ने र स्वास्थ्यमा जटिल समस्या देखिने निर्देशक डा. पाण्डे बताउनुहुन्छ ।

संक्रमणले गति लिँदा आम मानिस भने त्यति सचेत देखिएका छैनन् । जसले गर्दा आगामी दिन थप चुनौतिपूर्ण हुने देखिन्छ ।

त्यसैले सावधानी अपनाउन हेलचक्राइ नगरौं । कोरोना संक्रमणले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी असर गर्ने हुँदा उनीहरुको विशेष ख्याल गर्न जरुरी छ ।

भिडियो