
भक्तपुर, साउन ३१ । भक्तपुरको थिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत् तीनजना नर्स र एकजना पार्किङ व्यवस्थापकमा कोरोना देखिएको हो ।
अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै रोग समुदायस्तरसम्म फैलन नदिन अस्पतालका अत्यावश्यकबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जनाएको छ ।
कोरोना भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्