
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनल सकिमरण पूरा भएको छ ।
गएराती भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोंले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई हराएसँगै सेमफिाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको हो ।
अब सेमिफाईनलमा लियोंको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् ।
गएरातीको खेलमा लियोंले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोेर्नटले एक गोल गरे ।
पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए । यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना फेरी एकपटक टुटेको छ ।
यसपटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्