१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसद्वारा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो ब्याच तयार


0
Shares

काठमाडौं । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनको पहिलो ब्याच तयार गरेको छ ।

रुसकोे स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ब्याच बनाइसकेको जनाएको हो ।

केही वैज्ञानिकले भ्याक्सिन उत्पादनको अनुमति दिएर राष्ट्रिय गौरवको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

रुसले भने हरेक महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्नेसमेत दाबी गर्दै आएको छ ।

विश्वभरर भ्याक्सिन बनाउने होड चलिरहेका बेला रूसले सबैभन्दा अगाडि भ्याक्सिन बनाइसकेको घोषणा गरेर बाजी मारेको दाबी समते गरेको छ ।

भ्याक्सिनलाई फेज थ्री ट्रायलभन्दा अगावै अनुमति दिइसकिएको छ । फेज थ्री ट्रायलमा हजारौं मानिसमा भ्याक्सिनको परीक्षण गरिन्छ ।

रूसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने विश्वको पहिलो उपग्रह थियो जुन उक्त उपग्रहलाई रूसले लन्च गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिन पूर्णतया सुरक्षित रहेको र आफ्नी छोरीलाई दिइएको दाबी गरिसक्नुभएको छ । (एजेन्सी)