१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायल र संयुक्त अरब इमिरेट्सबीच कुटनीतिक सम्बन्ध बिस्तार, टेलिफोन सेवाको सुरुवात


0
Shares

काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्सले दुवै देशबीच प्रत्यक्ष टेलिफोन सेवाको सुरुवात गरेका छन् ।

दुवै देशले सम्बन्ध थप मुजबुद बनाउन एक आपसमा सहज संपवादका लागि भन्दै टेलिफोन सेवाहरु सुरु गरेको जनाएका छन् ।

दुवै देशका परराष्ट्रमन्त्रीले एक अर्कासँग संवादको थालनी गरेर सम्बन्ध सुधारका लागि थालनी गरेको जनाएका छन् ।

गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा दुवै देशबीचको शान्ति सम्झौताको घोषणा गर्नुभएको थियो ।

सम्झौताको प्यालेस्टाइन, इरान र टर्कीले विरोध गरेपनि अन्तर्राष्ट्रिय समुदायले भने योकदमको स्वागत गरेका छन् ।

सम्झौताअनुसार इजरायले कब्जा गरेको पश्चिम किनाराका भागहरु फिर्ता गर्ने बताइएको छ । दुवै पक्षले तीन साताभित्र अमेरिकाको वासिंटनमा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा लिएको बताइएको छ ।

सम्झौता भएसँगै दुवै देशलाई दुतावास खोल्न सहज हुने बताइएको छ । यसैबीच दुवै देशबीच प्रत्यक्ष टेलिफोन सेवाको सुरुवात भएसँगै धेरै आर्थिक सहयोगका सम्भावनाका ढोका खुलने विस्वास लिइएको छ ।

इजरायलका सञ्चार मन्त्री योज हेडेलले दुवै देशले आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नु विस्वास व्यक्त गर्नुभएको छ ।

हालसम्म इजरायलको खाडी मुलुकहरुसँग कुनै कुटनीतिक सम्बन्ध छैन । यो सम्झौताले दुवै देशबीच सम्बन्ध बिस्तारका लागि सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच सम्बन्ध र सहयोग आदानप्रदानलाई निरन्तरता दिनकालागि दुवै देशले कोरोना महामारीबाट जुध्नका लागि थप अनुसन्धान गर्ने सहमति गरेका छन् । (एजेन्सी)