चितवन । भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका प्रमुख सहित प्रसुति विभागका प्रमुख, आकस्मिक कक्षका डाक्टर र नर्समा कोरोना पुष्टी भए पछि भरतपुर अस्पतालले आकस्मिक वाहेकका सेवा वन्द गरेको जनाएको हो ।
आइसीयु र मातृशिशु सेवामा नयाँ विरामीलाई भर्ना नलिने र उक्त विभागलाई निर्मलीकरण गर्ने जनाइएको छ ।
आकस्मिक अप्रेशन गर्नुपर्ने बिरामीहरुको सेवा भने यथावत रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित अन्य ५ जना चिकित्सक र २ जना नर्समा कोरोना पुष्टी भएको हो ।
प्रतिक्रिया दिनुहोस्