१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना


0
Shares

bagmati

वाग्मती, भदौ १ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित हुनुभएको छ ।

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उहाँको स्वाब परीक्षणको सोमबारको ‘रिपोर्ट पोजिटिभ’ देखिएको उहाँको सचिवालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले पनि सोको पुष्टि गर्नुभयो ।

हेटौंडास्थित आफ्नै निवासमा उहाँ सेल्फ ‘आइसोलेसन’मा बस्नुभएको छ । कोरोना संक्रमण पुष्टि भएपनि उहाँमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीयसचिवले जनाएका छन् ।

उहाँसँगै मकवानपुरमा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । रासस