
काठमाडौं, भदौ १ । स्वास्थ्य मन्त्रालयले ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरमै बसेका संक्रमितमाथि हुने सामाजिक भेदभावजन्य क्रियाकलापले समाजमा नकारात्मक असर पर्ने भन्दै यसले संक्रमणको जोखिम झनै बढ्नसक्ने बताउनुभयो ।
प्रवक्ता डा. गौतमले सामाजिक भेदभावले बालबालिकामा नकारात्मक सोच विकास हुँदै जाने बताउनुभयो ।
संक्रमितलाई भेदभावजन्य व्यवहार गर्दा संक्रमितहरु मनोसामाजिकरुपमा विक्षिप्त हुने उहाँको भनाइ छ ।
प्रवक्ता डा. गौतमले संक्रमितमाथि हुने असामाजिक क्रियाकलापलाई निरुत्साहित गर्न अनुरोधसमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्