
काठमाडौं, भदौ १ । अद्यावधिक नक्साअनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् ।
सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न ग्रहण गरिएको सांसदहरुले प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याइँ गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताउनुभयो ।
सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।
सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा ‘फिनिसिङ’मा ध्यान नदिएकोले भद्दा देखिएको बताउनुभयो ।
संसदको लोगो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गर्नुभएको हो । मुखियाले बनाएको लोगोको डिजाइनअनुसार लोगो निर्माण भएको देखिँदैन ।
वाग्मती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको ‘अर्डर’ दिइएको थियो । लोगो निर्माण हुँदा डिजाइनभन्दा केही भिन्नरुपमा तयार भएको पाइएको छ ।
सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पष्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्