१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामका स्थानीय तहमा सुपारी खेती


0
Shares

इलाम । चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती थालिएको छ । सुपारीको निर्यात बढ्न थालेपछि यसको व्यवसायीक खेती प्रति किसान उत्साही भएका हुन् ।

यस अघि फाट्ट फूट्ट रुपमा सुपारी खेती हुने भए पनि यसरी व्यवसायीक रुपमा खेती गरीएको थिएन् ।

झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यवसायीक खेतीका लागि सम्भाव्यता अध्ययनको पनि माग गरेका छन् ।

चुरे क्षेत्रका समथर भु–भागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी भएकाले किसानले सुपारी खेती लगाउन थालेका हुन् ।

चुरे क्षेत्रको भु–क्षय रोक्न पनि सुपारी खेतीले सहयोग पुर्याउने भएकाले सम्भाव्यता अध्ययनको काम भइरहेको माई नगरपालिका प्रमुख दिपक थेवेले बताउनुभयो ।

खाली रहेका पाखो बारीमा पनि सुपारी खेती फस्टाउन थालेपछि किसानले व्यवसायीक खेतीका लागि अधययन गर्न माग गरेका हुन् ।