
प्रतीकात्मक।
सर्लाही, भदौ २ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-२ मा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश-२ मा सबैभन्दा बढी पर्सा जिल्लामा १२८ संक्रमित थपिएका छन् ।
त्यस्तै, सर्लाहीमा १०७, रौतहटमा ६७, धनुषामा ६४, महोत्तरीमा २४, सिरहामा १६ र सप्तरीमा तीनजना संक्रमित थपिएका छन् ।
प्रदेशमा हाल एक हजार ४८३ जना ‘क्वारेन्टिन’मा रहेका छन् भने तीन हजार ६४२ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्