
मकवानपुर । थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरीएको छ । नगरपालिकाले जिल्लामै बढ्दो संक्रमणका कारण जोखिम बढेको भन्दै गएराती १२ बजेदेखि भदौ ९ गतेसम्मकालागि निषेधाज्ञा जारी गरीएको हो ।
थाहा नगरपालिकाको आग्रह बमोजिम जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
बिहान ९ बजेसम्म खाद्यान्न पसल खोल्न दिने, बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने, बिहान ७ बजेभित्र तरकारी निर्यात गरिसक्नुपर्ने, खेती, किसानी काममा भौतिक दूरी कायम गरी काम गर्न दिने व्यवस्था मिलाएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताउनुभयो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिकामा पनि समुदाय स्तरमा फैलन सक्ने संकेत देखा परेको भन्दै गाउँपालिकाले गएरातीबाट भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्