२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


यादवको हत्यामा संलग्न पाँच जना पक्राउ


0
Shares

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिकाका गुणराज यादवको हत्यामा संलग्न पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोरामा राखेर फ्यालेको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा उनको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

उनीहरुल सबैलाई कर्तव्य ज्यान मुद्धा चलाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।

हत्यामा संलग्न दिनेश महत्तो पप्पु राम, शिबकुमार मेहता, दिपककुमार यादव र प्रदिप रामलाई पक्राउ गरि घटनाको अनुसंधान थालिएको एसपी थापाले जानकारी दिनुभयो ।