
बारा । बाराका संक्रमितले अस्पतालमा उपचार पाउन छाडे पछि आफ्नै घरमा उपचारबिनै बस्न बाध्य भएका छन ।
दैनिक संक्रमितको संख्या बढे पछि जिल्लाका गंगापुर र अस्थाई कोरोना अस्पतालमा स्थान अभाव हुँदा घरमा बस्न बाध्य भएका हुन् ।
जिल्लाका ४ सय ३९ संक्रमित मध्ये २ सय ७ जनाले जिल्ला बाहिर उपचार गराइरहेका छन् ।
आधा भन्दा धेरैे संक्रमित घरमै आईसोलेसनमा बसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मापदण्ड बिनानै संक्रमित घरमा बस्न थाले पछि स्थानीयमा बास बढेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय तहको चरम लापरवाहीका कारण संक्रमितहरु बाध्य भएर घरमा बस्नुपरेको बताउनुभयो ।
बारामा संक्रमण पुष्टि भएका ४ सय ७५ जना मध्य ६५ जना मात्रै सरकारी आइसोलेसनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्