२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काठमाडौंमा एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने


0
Shares

काठमाडौं । संघ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेशन कक्ष निर्माण गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो ।

अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहका कारण यस अघि गरिएको लकडाउन पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन पनि अपिल गरिएको छ ।