
कृष्ण बोहोरा (इमेज)
जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा संक्रमण देखिएको हो ।
बिहीबार गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ५१ जना र कालिकोटको नाग्मका पाँचजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
जुम्लामा एकैपटक यति धेरैजनामा संक्रमण देखिएको पहिलोचोटि हो ।
जुम्लाको चन्दननाथ नगरपालिकासहित सातओटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । गएको शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रमितहरुको सम्पर्कमा आएका सबैजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्