
कैलाली, भदौ ५ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।
गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि त्यहाँ पुग्नुभएका गृहमन्त्री थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
बाढीले बेपत्ता भएकाहरुका परिवारसँगसमेत गृहमन्त्री थापाले भेटघाट गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् अछाम पुग्नुभएका गृहमन्त्री थापासँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री भीम रावल पनि प्रभावित क्षेत्र जानुभएको हो ।
बाढीमा बेपत्ता भएका ११ जनाको खोजीकार्य जारी राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्