१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु


0
Shares

काठमाडौं, भदौ ५ । कोरोना महामारीसँग जुध्न काठमाडौं, ललितपुर र भक्तपुरका लागि सरकारले एकीकृत ‘क्वारेन्टिन’ व्यवस्थापन समिति गठन गरेको छ ।

शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समित गठन गरेको बताउनुभयो ।

उहाँले कोभिड-१९ नियन्त्रणका लागि तीनै तहको समन्वय गरी परिचालन गर्ने निर्णय भएको र स्थानीय प्रशासनलाई ‘प्रोटोकल’ पालना भए/नभएकोबारे अनुगमन र मोबाइल गस्तीसमेत गराइने भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा नअपनाउनेहरुलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकारसमेत दिएको छ ।

बैठकले निजी, सामुदायिक, सहकारीलगायतका स्वास्थ्य संस्थाले कोरोनाको उपचार नगरेर अवरोध सृजना गरे कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले ‘पीसीआर’ परीक्षण सहज भएका देशहरुबाट शर्तसहित भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णयसमेत गरेको छ । दैनिक ५०० सम्म यात्री ल्याउन पाउने निर्णय गरेको हो ।

उनीहरुको ७२ घन्टाभित्र पीसीआर परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको हुनुपर्नेछ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरुमा ‘चार्टर फ्लाइट’मात्र सञ्चालन गरिने उहाँले बताउनुभयो ।

काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने र त्यसको सबै खर्च एअरलाइन्सले व्यहोर्नुपर्ने सरकारले जनाएको छ ।

निर्णयहरु पढ्नोस्