१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक वृद्धिदरबाहेक अन्य आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी


0
Shares

काठमाडौं, भदौ ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरबाहेकका अन्य आर्थिक परिसूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ ।

शुक्रबार अर्थमन्त्री डा. खतिवडा र विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच भएको भिडियो कन्फरेन्स छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिकूलताका बाबजुत् मुद्रास्फीति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गाहस्थ्र्य उत्पादनको २ प्रतिशतमा सीमित भएको, शोधनान्तर स्थिति राम्रो रहेको र सरकारको सञ्चित घाटाको अवस्था पनि राम्रो रहेकाले नेपालको आर्थिक परिसूचक सकरात्मक रहेको दाबी गर्नुभयो ।

नेपालले आगामी दिनमा साना तथा मझौला उद्योगलाई जोड दिएको भन्दै उहाँले रोजगारी सिर्जना, सामाजिक सुरक्षा र स्वास्थ्य जोखिम नियन्त्रणका लागि सरकारले जोड दिएको बताउनुभयो ।

छलफलमा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको अपेक्षा गर्नुभयो ।