
फाइल तस्वीर ।
सुनसरी, भदौ ६ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष हिरालाल यादवको हृदयाघात भएर मृत्यु भएको छ ।
घरमै बसिरहेको बेला शनिबार दिउँसो हृदयाघात भएपछि उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
उपचारका लागि अस्पताल पुर्याइएपनि कोरोनाभाइरसका कारण अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण समयमै उपचार नभएपछि वडाध्यक्ष यादवको मृत्यु भएको बताइएको छ ।
उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्