१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाबाट धरानमा एक पुरुषको मृत्यु, गरिएको थियो प्लाज्मा थेरापी


0
Shares

coronavirus

सुनसरी, भदौ ६ । कोरोनाभाइरसको संक्रमणका कारण सुनसरीमा थप एकजनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर-१५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार मध्यान्न १२ः१५ बजे उनको धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जिवकुमार शर्माले जानकारी दिनुभयो ।

हप्ता दिनअगाडि कोरोना संक्रमण देखिएका मृतकको शुक्रबार रातिमात्र प्लाज्मा थेरापी गरिएको थियो ।

उनलाई प्रदेश नम्बर-१ प्रहरी कार्यालय विराटनगरका प्रहरी हवल्दारले ‘ए पोजिटिभ’ समूहको रगतदान गरेपछि प्रतिष्ठानका चिकित्सकहरुले प्लाज्मा चढाएका थिए ।

‘श्वास-प्रश्वासमा गम्भीर समस्या देखिएका उहाँलाई बचाउन हरप्रयास गर्दापनि सकिएन’-डा. शर्माले भन्नुभयो ।

चार दिनअगाडि पनि धरान-१५ कै ७१ वर्षीया वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो ।