
चितवन, भदौ ६ । भरतपुर महानगरपालिकाले वागेश्वरीको योगी नरहरिनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन तयार पारेको छ ।
कोरोना संक्रमितका कारण अस्पतालका बेडहरु भरिँदै जाँदा उपचारमै समस्या आएपछि आइतबार (भोलि)देखि सञ्चालन गर्नेगरी ७५ बेड तयार पारिएको हो ।
सामान्य लक्षण भएका र लक्षण नै नभएकाहरुलाई सो आइसोलेसनमा राखिने र गम्भीर समस्या भएका संक्रमितलाई भरतपुर अस्पतालमा लैजाने तयारीका साथ बेड तयार पारिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्