१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बालबालिकाका लागि मास्क लगाउनेबारे नयाँ नियम


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संठन डब्ल्युएचओले १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ ।

वयस्कका लागि लागु गरिएको नियम नै बालबालिकाहरुमा पनि लागु गर्न संगठनले निर्देशन दिएको हो ।

वयस्क उमेर समुहले जसरी नै बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको यस्तो नियम लागु गरिएको स्वास्थ्य अधिकारीहरुलो जनाएका छन् ।

५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने डब्ल्यूएचओले बताएको छ ।

६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र हेरविचार गरिदिन डब्ल्यूएचओले आग्रह गरेको छ ।

त्यसैगरी, ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएका तथा अन्य रोगबाट ग्रसित भएकाहरुले मेडिकल मास्क लगाउनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ । एजेन्सी