१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा निषेधाज्ञाको व्यापक उलंघन, पसलहरुमा अत्याधिक भीड


0
Shares

काठमाडौं । कोभिडको जोखिम कम गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ ।

मानिसमा भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

तर दैनिक उपभोग्य वस्तुका पसलमा सर्र्वसाधारण दूरी कायम गर्नेमा उति सचेत भएको देखिएन ।

कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा लागू भएको हो ।

मानिसमा भौतिक दूरी कायम गर्नु नै निषेधाज्ञाको मुख्य उद्देश्य हो । तर दैनिक उपभोग्य वस्तुका कतिपय पसलमा सर्र्वसाधारणको भीड लाग्ने गरेको देखिन्छ ।

दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय थोरै भएकाले पनि भीड लाग्ने गरेको कतिपय व्यवसायीको भनाइ छ ।

कतिपय स्थानमा ब्यवसायीहरु प्रहरीको आँखा छल्दै पसल खोल्ने दाउ पर्खेर बस्ने गरेको पनि पाइन्छ ।

मानौ प्रहरी र ब्यापारीहरु लुकामारी खेल खेलिरहेका छन् । बजारमा पसल खुल्ने समयमा भएको भीड हेर्दा त उपत्यकामा निषेधाज्ञा नै नभएको भान समेत हुन्छ ।

प्रहरीले भने किनमेलको बहानामा मर्निङ्ग वाक समेत गर्ने गरेको पाएसंगै अनावश्यक रुपमा घर बाहिर हिडडुल गर्नेहरुलाइ कारबाही स्वरुप ३ घण्टा सम्म पनि होल्डमा राख्ने गरेको छ ।

अनावश्यक हिडडुल गर्ने माथी परिस्थिति हेरेर कारवाहि गर्दै आएको महानगरिय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवाली बताउनुहुन्छ ।

प्रहरीको आँखा छल्नेतिर लाग्नुभन्दा निषेधाज्ञा हाम्रै स्वास्थका लागि हो भनेर आम सर्वसाधारण आफै सचेत हुनुपर्ने देखिन्छ ।